Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान: कति खस्यो मत ?


    मंगलबार, मंसिर २८ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा ६ बजेसम्म १ हजार ५ सय भन्दा धेरै मत खसेको छ । 

    सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणको मतदान भइरहेको हो। राष्ट्रिय सभागृहमा​ ६ वटा बुथबाट मतदान भइरहेको छ ।

    हालसम्म १ हजार ५ सय बढी मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए ।  पहिलो चरणमा धेरै मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार