Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्या विकासलाई पराजित गर्दै सूर्योदय सेमिफाइनलमा


    मंगलबार, मंसिर २८ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। सूर्योदय प्रथम अन्तरकलेज पुरुष बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार जोरपाटीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा भएको खेलमा सूर्योदयले विद्या विकासलाई ३७-२३ अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकेा हाे । 

    रामेछाप जिल्ला बास्केटबलद्वारा आयोजित प्रतियोगितामा न्यू मिलियम कलेज र लिम्पिया क्वाटरफाइनलमा पुग्न सफल भए । न्यू मिलिनियमले एकता जेम्सलाई ४८-१५ ले हरायो । लिम्पियाले बृहस्पतिलाई ४१-१८ ले पन्छायो । लिम्पियाको जितमा संगम तामाङले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३४ अंक योगदान गरे । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार