Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेयर लगानीकर्ता र अर्थमन्त्रीबीच छलफल, बोर्ड र नेप्सेमा छिटो नियुक्ति गर्न माग


    मंगलबार, मंसिर २८ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सेयर बजार प्रभावित भइरहेका बेला लगानीकर्ताका नेताहरूले माओवादी नेतासमेत रहेका अर्थमन्त्री जनादर्न शर्मासँग छलफल गरेका छन् । 

    लगानीकर्ताहरूका संघसंस्था सहभागिता रहेको पुँजी बजार सुदृढीकरण वृहद कार्यदलका पदाधिकारीहरूले मन्त्री शर्मासँग भेटेर पुँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका ५८ बुँदे सुधारका काम गर्न आग्रह गरेका छन् ।

    भेटमा अर्थमन्त्रीले पुँजी बजारको दिगो विकासका लागि आफू लागिरहेको बताउँदै लगानीकर्ताको माग पूरा गर्ने आश्वासन दिएको लगानीकर्ता अम्बिका पौडेलले न्युज कारखानालाई जानकारी दिए । 

    आइतबार नेता दाहालले पुँजी बजारको विरोधमा अभिव्यक्ति दिएपछि दुई दिनमै बजार डेढ सयभन्दा बढी अंकले घटेको थियो । 

    मंगलबार भने सर्किट ब्रेक लाग्ने गरी बजार बढेको छ । साढे २ घण्टामै नेप्से सूचक १३७ अंकले बढेको छ । 

    नेप्से ६ प्रतिशतले वृद्धि भएपनि साढे १ बजे नै मंगलबारको लागि कारोबार बन्द भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार