काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन् ।
संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन मंगलबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दलका नेतासमेत रहेका ओलीले सत्तारुढ गबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप लगाए ।
मंगलबार दिउँसोदेखि चल्न लागेको संसदको हिउँदे अधिवेशन चल्न नदिने गरी आफ्ना सांसदलाई सम्बोधन गर्दै उनले एमालेमाथि सभामुखले अपराध गरेको भन्दै पार्टीले लिएको रणनीतिअनुसार प्रस्तुत हुन निर्देशन दिए ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले अपराध गरेको बताएका उनले निर्वाचन आयोग पनि एमाले विभाजनमा सहभागी भएको आरोप लगाए ।
देशलाई प्रतिगमनतिर जानबाट रोक्नुपर्ने भन्दै उनले भने, ‘देश अलिकति प्रतिगमनतिर गएको छ । रोक्नुपर्छ । देशमा प्रतिगामी सरकार छ । प्रतिगामी, दिशाहिन, फोहोरी र अपवित्र पाँच दलीय गठबन्धन छ । कांग्रेसको महाधिवेशन उद्घाटनमा सार्वजनिक अभिव्यक्तिले पनि देशलाई प्रतिगमनतिर लैजान खोजेको बुझिन्छ ।’
देशमा स्थायित्व, अग्रमन, विकास र समृद्धिलाई रोक्न अस्थिरता निम्त्याउन गठबन्धन सक्रिय रहेको भन्दै उनले यसका लागि एमालेविरुद्ध उनीहरू उत्रिएका छन् ।
‘एमालेमाथि प्रहार गर्ने काम भइरहेको छ । विभिन्न रंगका प्रतिगामी तत्वहरू एमालेविरुद्ध लागेका छन्,’ ओलीले भने, ‘एमाले उपलब्धीको रक्षा गरेर बस्नेछ । यसका लागि आफूलाई तयार गरेर राख्नुपर्छ ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend