Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वप्रकाश शर्मा देउवा पक्षमा, भने- ‘सर्वसम्मति सर्वोत्तम’


    मंगलबार, मंसिर २८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेता प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवालाई सघाउने बताएसँगै महामन्त्रीका प्रत्यासी विश्वप्रकाश शर्माले देउवाको पक्षमा उभिने बताएका छन् ।

    मंगलबार बिहान एक ट्वीट सन्देशमार्फत् उनले भनेका छन्, ‘सर्वसम्मति सर्वोत्तम ।’

    ‘दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु – नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ’ उनले अगाडि लेखेका छन्, ‘पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो ।सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार