Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३७३९ मतगणना सकियो, ९४० मत गन्न बाँकी,  देउवाको १७९८, शेखरलाई १४१३ मत


    मंगलबार, मंसिर २८ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।  

    हालसम्म ३ हजार ७ सय ३९ मतगणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले १७९८ मत प्राप्त गरेका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १४१३ मतका साथ पछ्याइरहेका छन् । अब ९४० मत गन्न बाँकी छ । 
    प्रकाशमान सिंहले २८६ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १९ मत प्राप्त गरेका छन् ।

    सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको छ ।

    कांग्रेसको नयाँ कार्यसमिति चयनका सोमबार रातिसम्म मतदान भएको थियो । जसमा कुल मतदाता ४७४३ थिए । तर मत भने ४ हजार ६७९ खसेको थियो ।  ६४ जना अनुपस्थित थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार