Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अनेमसंघ (समाजवादी) बागमती प्रदेश कमिटी घोषणा


    सोमबार, मंसिर २७ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । अखिल नेपाल महिला संघ (समाजवादी)को बाग्मती प्रदेश कमिटी घोषणा गरेको छ ।

    संघले मुनु सिग्देलको अध्यक्षतामा १५१ सदसीय प्रदेश कमिटी घोषणा गरेको हो । अनेमसंघले सोमबार काठमाडौंमा बसेको बैठकमा कमिटी घोषणा तथा सपथ ग्रहण गरिएको थियो ।

    बैठकमा अनेमसंघ (समाजवादी)को अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष जयन्ती राईले सदस्यलाई सपथ गराउनुको साथै सम्बोधन गरेकी थिइन् ।

    बैठकलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथी राइले नेकपा (एकीकृत समाजवादी) गठनका कारण र अनेमंघले गर्नु पर्ने कामका बारेमा जानकारी गराइन् । नेकपा एमालेमा ओलीको स्वेच्छाचारी र व्यक्तिवादी शैली हावी भएकाले आफूहरुले बिद्रोह गरेको राइले बताइन् । ‘अहिले पनि महिलाहरु अनेक प्रकारका समस्या र हिंसाबाट पीडित छन्, अनेमसंघ (समाजवादी)ले महिलाका सबै प्रकारका विभेद र हिंसाका विरुद्ध अगुवाइ गर्दे महिलालाई राजनीतिक रुपमा संगठीत गर्नुपर्छ,’ राइले भनिन् ।

    त्यस्तै बैठकमा सोही पार्टीका उपाध्यक्ष एवं बाग्मती प्रदेशका इन्चार्ज केदार न्यौपाने र बाग्मती प्रदेशका पार्टी अध्यक्ष सावित्रा भूसालले पनि सम्बोधन गरेका थिए ।

    सम्बोधनका क्रममा उनीहरुले पनि पार्टी निर्माण र महिलाका विषयमा प्रशिक्षण तथा घोषित कमिटीलाई शुभकामना दिएका दिए । घोषित प्रदेश कमीटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र कोषाध्यक्षमा पार्वती सिल्वाल छन् ।

    कमिटी १५१ सादसीय रहेको अध्यक्ष मुनु सिग्देलले जानकारी दिइन् । अध्यक्ष सिग्देलले संघ गर्ने कार्ययोजना समेत प्रस्तुत गरेकी थिइन् । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा अनेमसंघ कोषाध्क्ष मिना ज्ञावली, पार्टी केन्द्रीय सदस्य तथा अनेमसंघ प्रचार विभाग प्रमुख चमिना भट्टराई, केन्द्रीय सदस्य भागवती नेपाल, चुनु केसी, शान्ता पाख्रिन, शान्ता पौडेल लगाएतको उपस्थित थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार