काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजीत भएका कामल थापाले निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेपवारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउन माग गरेका छन् । सोमबार उनले निकालेको विज्ञप्तिमा राप्रपा एकता कायम राख्ने हो भने पार्टीको महाधिवेशनमा निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन गर्नुपर्ने माग गरेका हुन् । छानबिन समिति गठन नगर्ने हो भने राप्रपा एक नरहने चेतावनीसमेत अप्रत्यक्ष रुपले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई उनले दिएका छन् ।
थापाले निर्मल निवासले पार्टी नेतृत्वको लागि भएको निर्वाचनमा गरेको हस्तक्षेपको भत्सर्ना गर्न लिङ्देनसँग आग्रह गरेका छन् । हस्तक्षेपको भन्र्सना गर्दै भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्न समेत उनले माग गरेका छन् । थापाको विज्ञप्तिमा उलेख छ–‘राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभत्र बहस शुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टी को भविष्य पनि सुनिश्चित हुन्छ ।
राप्रपाको महाधिवेशनपछिको गएको मंसिर २२ मा बसेको पहिलो केन्द्रीय समिति बैठकमा कमल थापा समर्थकहरुले निर्मल निवासले गरेको हस्तक्षेपको छानबिन गर्न माग गरेका थिए । तर अध्यक्ष लिङ्देनले निर्मल निवासका बारेमा छानबिन हुन नसक्ने जवाफ दिएका थिए ।
पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।’
थापाले विज्ञप्तिमा आफ्नै नेतृत्वमा संसदमा २६ सिट प्राप्त गरेको पनि उल्लेख गरेका छन् । तर उनको अधिक सत्तालिप्साका कारण २०७४ को निर्वाचनमा राप्रपाको एक सिट पनि नआएको जिम्मेवारी भने उनले लिएका छैनन् ।



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend