काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ ।
केन्द्रीय निर्वाचन समितिले साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरेको भएपनि बिहान मतदान सुरु हुन ढिलाई भएपछि निर्वाचन समितिले राति ९ बजेसम्मको समय थप गरेको हो । विहान ८ बजेबाट मतदान हुने भनिएको भए पनि मतपत्र छपाईमा ढिला भएका कारण करिब साढे ११ बजेबाटमात्रै मतदान सुरू भएको थियो ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सोमबार राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको जानकारी दिए । समितिका अनुसार दिउँसो ४ः३० बजेसम्म एक हजार ९९३ मत खसेको छ।भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा निर्वाचन सुरू भएको छ । राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ एवं शुभेच्छुक संस्था, कर्णाली प्रदेश र लुम्विनी प्रदेशका मतदाताले मतदान गर्दैछन् ।
भृकुटीमण्डप परिसरमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान केन्द्र तोकिएको । त्यस्तै प्रदर्शनी कक्षमा प्रदेश १, वागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।
निर्वाचन समितिले २९ प्रकारका मतपत्र तयार गरेको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिका राखिएको छ ।
यो महाधिवेशनले १३ पदाधिकारीसहित १३४ पदमा नयाँ नेतृत्व चयन गर्नेछ । निर्वाचनमा ४ हजार ७ सय ४३ जना प्रतिनिधि सहभागी छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend