Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकारको आवरणमा भीभीआईपीको फोटो देखाउँदै ठगीधन्दा गर्ने कार्की पक्राउ


    सोमबार, मंसिर २७ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । पत्रकारको भेषमा राजनीतिक दलका शीर्षनेतादेखि विदेशी राजदूत, अरबपति ब्यापारीसहितका भीभीआईपीहरुसँग उठबस गर्ने र त्यसकै आडमा विभिन्न सहकारी तथा ब्यापारिक संस्थासँग बार्गेनिङ गर्ने एन्जिना कार्की पक्राउ परेकी छन् ।

    विगत लामो समयदेखि प्रहरी प्रशासनदेखि निजामती र राजदूतहरुसँगको तस्वीर देखाउँदै कार्कीले विभिन्न व्यक्ति तथा सहकारीसँग रकम माग्ने गरेकी थिइन् ।

    यसअघिका भारतीय राजदूत मन्जिबसिंह पुरीदेखि ब्यापारी सुरज बैद्य, संचार उद्यमी भास्कर राजकर्णिकार, राजनीतिक नेतादेखि विभिन्न ब्यक्तिसँग भारतीय च्यानल जी न्यूज हिन्दीको पत्रकारका रुपमा चिनाउँदै भेट गरेका तस्वीर सामाजिक संजाल फेसबुकमा राखेकी छन् ।

    22.jpg
    एन्जिना कार्कीले नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिपसिंह पुरीसँग खिचेको फोटो  

    कार्कीका बिरुद्ध धेरै गुनासा आएपछि प्रहरीले उनलाई मंसिर २२ गते नै पक्राउ गरेको बताएको छ । कार्कीलाई अहिले सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनलाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोड बसन्तपुरबाट १ लाख नगदसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    आफूलाई भारतीय टेलिभिजन जी न्यूजको पत्रकार बताउने कार्की अहिले उक्त टीभीमा छैनन् । तर पनि उनले अहिले पनि जी न्यूजमै कार्यरत भन्दै भीआइपीहरुकोमा जाने र फोटो खिची त्यही देखाएर विभिन्न ब्यक्ति र संस्थासँग रकम माग्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।  

    21.jpg
    राप्रपा हुँदै कांग्रेसमा लागेका सुनिलबहादुर थापासँगको तस्वीर

    एक सहकारीसँग कार्कीले ठूलो रकम माग्दै आएको उजुरीपछि प्रहरीले उनको निगरानी बढाएको थियो । कार्कीले उक्त सहकारीबाट ८ लाख बैंक मार्फत् लिएको र विभिन्न समयमा गरेर ७ लाख लिइसकके खुलेको छ ।

    त्यसपछि पनि सहकारीसँग रकम माग्न नछाडेपछि सहकारीले प्रहरीलाई खवर गरेको थियो । पैसा मागिरहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको छ । 

    एन्जिनाले तीन वर्ष तराई टेलिभिजनमा काम गरेकी थिइन् । त्यसपछि हिमालय टेलिभिजन हुँदै भारतको जी टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत रहेकी उनमा छिट्टै धनी हुने धुन सवार हुँदा गलत काम गर्न पुगेपछि प्रहरीको फन्दामा पुगेकी छन् । पत्रकारको भेषमा ठगीधन्दा गर्ने कार्कीको संभ्रान्त परिवारको जस्तै जीवनशैली थियो । गाडीदेखि विभिन्न ब्रान्डेड सामानको सोखले पनि उनलाई गलत ढंगले पैसा कमाउने मार्गमा धकेलेको देखिन्छ । 

    भारतीय टेलिभिजन जी टिभीमा काम गर्दागर्दै पनि उनले नेपाल रहेर केही अनलाइ न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम गर्दैआएकी थिइन् । अहिले कुनै पनि संचार माध्यममा आवद्ध नरहेकी उनले पत्रकारिताको नाममा भीभीआईपीको तस्वीर देखाएर ठगी गर्दैआएको पाइएको प्रहरीको दाबी छ ।  जनसेवा प्रहरीले उनका बारेमा अनुसन्धान जारी राखेको बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार