Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुत्केरी हुन नसकेकी महिला स्वास्थ्य केन्द्रमै छट्पटाउँदै


    सोमबार, मंसिर २७ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाजुरा । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक महिला सुत्केरी हुन नसकेर छट्पटाइ रहेकी छन्।

    बुढिनन्दा नगरपालिका वडा नं. ७ समालगाँउ बस्ने वर्ष २६ की शारदा कडारा अत्यधिक रक्तश्रावका कारण जीवनमरणको दोसाधमा छिन्।

    तीन दिन पहिला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी शारदाको पेटमै बच्चा मरिसकेको र त्यसपछि रक्तश्राव भएको त्यहाँका स्वास्थ्यकर्मीले जानकारी दिएका छन्।

    स्वास्थ्य केन्द्रमा कार्यरत अनमी चन्द्रा दानीले महिलाको पेटमै बच्चा मरिसकेको र अहिले रक्तश्राव भइरहेको बताइन्। उनका अनुसार पाठेघरको मुख पनि नखुलेका कारणले महिलाको अवस्था निकै जोखिम छ।

    स्वास्थ्य केन्द्रमा शारदालाई सुत्केरी गराउन सम्भव नभएपछि अन्यत्र लैजान भनिएको छ। अन्यन्त्र लैजान पैसा नभएपछि स्वास्थ्य चौकी बाहिर घाममै महिला छट्पटाइरहेको बताइएको छ।

    शारदाका श्रीमान चन्दु कडारा श्रीमतीलाई अन्यत्र लैजान पैसाको जोहो गर्न बजार घुमिरहेका छन्। अपरेसन गरेर बच्चा निकाल्नुपर्ने भएकाले रिफर गरिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रकी अनमी चन्दाले बताइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार