Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कामका लागि भारत गएका १६५ बेपत्ता


    सोमबार, मंसिर २७ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका श्रमिक बेपत्ता हुने क्रम बढेको जनाइएको छ।

    यहाँका चार पालिकाका १६५ श्रमिक बेपत्ता भएका अर्थात् परिवारका सम्पर्कमा छैनन्। 

    भारतका विभिन्न सहरमा वर्षौंदेखि लाखौंको संख्यामा नेपाली कामदार श्रम गर्दै आएको बताइएको छ। कामको खोजीमा भारत पसेका श्रमिकमध्ये अधिकांश असुरक्षितरूपमा कष्टपूर्ण श्रम गर्दै आएको र बेपत्ता हुने क्रम बढेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका संयोजक खडकराज जोशीले बताए।

    उनले भने, ‘कामका लागि भारत गएका श्रमिकले त्यहाँ निकै दुःख कष्ट सहनु परेको छ, त्यसैअनुरूप अधिकांश श्रमिक हराउने र बेपत्ता हुने गरेको पाइएको छ।’ श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकको गुनासो छ। 

    भारतमा हुने श्रमशोषणमा नेपाल पक्ष मौन बसेकै कारण कष्टपूर्ण जीवन निर्वाहसँगै नेपाली श्रमिक हराउने र उत्तै बेपत्ता हुने क्रम पनि बढ्दै गएको नागरिक समाजका अगुवा तथा कांग्रेस नेता घनश्याम पाठकले बताए। 

    उनले भने, ‘ऋण लागेर कमाउन भारत गएका त्यहाँ दुःख पाउने गरेका छन्, दुःख नहन नसक्दा र ऋण चुक्ता गर्न नपाउँदा उतै हराउने गरेका छन्।’ 

    भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास नगरेको उनको आरोप छ। 

    भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएको आरोप इन्सेकका डोटी जिल्ला प्रतिनिधि गणेश जोशीले लगाए। 

    उनले भने, ‘श्रमिकको अवस्था बुझ्नुपर्ने नेपाली दूतावास मौन छ, बेपत्ता भएकालाई कस्ले खोज्ने?’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार