Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनमा हारेपछि दलितलाई कुटेको भिडियो भाइरल


    सोमबार, मंसिर २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतमा पंचायतको निर्वाचनमा पराजित भएपछि एक स्थानीय नेताले दुई जना दलितलाई निर्घातपूर्ण रुपमा कुटेका छन् । दतिलकै कारण आफू पराजित भएको भन्दै पन्चायतको प्रमुखका उम्मेदवार बलवान्त सिंहले दलितलाई निर्धात कुटेका हुन् । दलितहरुले आफूलाई मतदान नगरेको उनले आरोप लगाएका छन् । 

    दुबै जना दलितहरुले मदिरा सेवन गरेर मतदानस्थलमा मतदाता भड्काएको उनले आरोप लगाएका छन् । सिंहले दलितलाई कुटेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । भाइरल भिडियोमा सिंहले दुई जना कथित दलित समुदायका व्यक्तिकाे गर्धन समाएर सडकमा लक्षारपछार गरेको देखिन्छन् । 

    घटनापछि सिंहलाई प्रहरीले पक्राउ गरेको छ । दलितलाई उनले दुर्व्यवहार गरेको विषयमा प्रहरीले अनुस। न्धान गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार