Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जन्ती बाेकेकाे बस दुर्घटना : चालककाे मृत्यु, आठ जना गम्भीर घाइते


    आइतबार, मंसिर २६ २०७८
    585
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४, बिञ्जेलमा विवाहकाे बस दुर्घटना हुँदा बस चालककाे मृत्यु भएको छ ।

    जन्ती बाेकेकाे बा २ ख ५६१४ नम्बरको बस आइतबार राति दुर्घटना हुँदा चालक बलेफी-६ बदर्पाका राजु तामाङको घटनास्थलमा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

    दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । अन्य सामान्य घाइते भएका छन् ।  घाइतेलाई उपचारको लागि सिन्धु सदावहार अस्पताल खाडिचौर र धुलिखेल अस्पताल लगिएकाे छ । 

    बसमा ३० जना सवार रहेको अनुमान गरिएको छ । घाइतको सनाखत हुन बाँकी  छ ।

    बलेफी-५ का स्थानीय सन्तोष भुजेलको बिवाहकाे जन्ती लिएर काभ्रेकाे भुम्लु जान लागेकाे बस राति ९ बजे दुर्घटनामा परेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार