Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी प्रदेश अधिवेशन : सुदूरपश्चिममा सकेसम्म सहमतिमै नेतृत्व चयन


    शनिबार, मंसिर २५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मोहन जोशी 

    धनगढी । नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय सम्मेलन शनिबारदेखि सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट एक साथ भर्चुअल रुपमा सम्मेलन उद्घाटन गरेका छन् । 

    यसैबीच सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीस्थित ऋद्धिशिद्धि प्यालेसमा सञ्चालन भएको छ । अधिवेशनमा प्रदेशका ९ वटै जिल्लाबाट र अन्य गरी १ हजार १ सय ९७ प्रतिनिधी सहभागि भएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले बताए ।

    नयाँ नेतृत्व चयनका लागि अधिकतम सहमतिको प्रयास गरिने बताउँदै उनले नभए निर्वाचन पद्धतिबाट कार्यसमिति चयन गरिने बताए । अधिवेशनबाट दुई सय २३ जनाको निर्वाचित कमिटि चयन गर्ने उनले बताए । समिति चयन गर्दा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र १५ प्रतिशत २० बर्ष मुनिका युवालाई अनिवार्य समावेसन गरिनुपर्ने प्रावधान रहेको इन्चार्ज भट्टले बताए ।

    अधिवेशन पछि माओवादी लोकतान्त्रिक पार्टी भएको प्रमाणित हुने इन्चार्ज भट्टको भनाइ छ ।  प्रदेश अधिवेशनपछि माओवादी नयाँ उर्जाका साथ अघि बढ्ने उनको विश्वास छ । 

    उनका अनुसार प्रदेश अधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने छ। तर, कसैलाई आफ्नो इच्छा दवाउने गरी नभई सर्व मान्य तरिकाले सहमतिको प्रयास गरिने बताउँदै उनले त्यसो नभए लोकतान्त्रिक प्रणाली अनुसार अघि बढ्ने बताए ।

    सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्य विरमान चौधरी, नेबहादुर चौधरी, हरिलाल चौधरी, नरेन्द्र कुँवर लगायतले नेतृत्वमा दाबी गरेका छन् । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार