Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मजदुरका बालबालिकाले धानिएको विद्यालय


    शनिबार, मंसिर २५ २०७८
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ ।  आफ्नो घर आगनमै रहेको विद्यालय छोडेर लमजुङको सदरमुकाम बेसीशहरका बालबालिका बोर्डिङ स्कुल जान्छन् । सदरमुकाममा रहेको बाल लक्ष्मीमन्दिर प्राथामिक विद्यालय भने मजदुरका छोराछोरीले धानेका छन् । ५० वर्षअघि स्थापना भएको लक्ष्मीमन्दिर सामुदायीक विद्यालय हो । विद्यालयका प्रधानाध्यापक भगवती जोशीले पैसा तिरेपछि गुणस्तर शिक्षा पाइन्छ भन्ने सोच भएकाले स्थानीयले छोराछोरी गाउँको स्कुलमा नपढाएको बताइन् ।  

    यसै विद्यालयबाट कखरा पढेर धेरैले उच्च शिक्षा हासिल गरे । तर, पछिल्लो समय उक्त विद्यालय काटेर निजी विद्यालय जानेको संख्या बढ्दा विद्यालय भने मजदुरका बालबालिकाले धानिएको छ ।

    विसं २०४२ सालमा गाउँलेले जग्गादान र श्रमदान गरी बनाएको विद्यालयमा अहिले जम्मा ४१ जना विद्यार्थी छन् । त्यसमध्यै पनि नियमित रुपमा विद्यालय आउनेको संख्या कम छ । खाजा खुवाउने व्यवस्था नभएकाले विद्यार्थीहरु नियमित विद्यालय नआएको शिक्षकहरुको भनाइ छ । ठूलो उमेर समूहका विद्यार्थी भने कामका समयमा मजदुरी गर्न जाने गरेका छन् । 

    विद्यालयमा एक जना काज, ३ जना दरबन्दी र एक जना बालविकास गरि ५ जना शिक्षक र एक कार्यालय सहयोगी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार