Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पुस्तक तथा स्टेशनरी व्यवसायीलाई राज्यले उचित सम्मान नगरेको गुनासो


    शनिबार, मंसिर २५ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • नेपालगञ्ज। नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन नेपालगञ्जमा सुरु भएको छ । 

    लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्दै पुस्तक व्यववसायीको योगदानका कारण राज्यले मुलुकको कुना कन्दरामा पुराउन नसकेको पाठ्यपुस्तक पुगेको बताए।  

    उनले राज्यले पनि व्यवसयीको मर्कालाई ध्यानमा राखेर जायज मागहरु सम्बोधन गर्दै काम गर्ने वातावरण बनाई दिनको लागि आफ्नो क्षेत्रबाट पहल गर्नु पर्ने बताए । 

    कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त लामिछानेले देशको शैक्षिक जमात उत्पादन गर्न अहम भूमिका निर्वाह गर्ने पुस्तक तथा स्टेशनरी व्यवसायीलाई राज्यले उचित सम्मान दिन नसकेको गुनासो गर्दै अनावश्यक आरोप लगाउने गरिएको बताए । 

    उनले संघले अघि सारेको ‘हातहातमा पुस्तक र घरघरमा लाईब्रेरी’ स्लोगनलाई सार्थक बनाउन प्रदेश सरकारले सहयोग गर्नु पर्ने भन्दै लुम्बिनी प्रदेश प्रमुखको ध्यानाकर्षण गराए । 

    उनले पठन संस्कृतीको विकास गर्न लुम्बिनी प्रदेशमा ४ वटा शैक्षिक महोत्सवको आयोजना गरिएको बताए ।  अत्यन्त न्यून सुविधामा सामुदायीक विद्यालयका पुस्तक कुनाकुनासम्म पुराउने गरिए पनि पुस्तक फेरिएमा जनक शिक्षाले फिर्ता नलिँदा पाउने सुविधा भन्दा बढी खर्च हुने गरेको दुखेसो पोखे ।

    लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व रहेको सो प्रदेश अधिवेशनको उद्घाटनसत्रमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष मनोहरी बस्याल, महासचिव दिवाकर घिमिरे, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठलगायले व्यवसाय मैत्री वातावरण सृजना गरी व्यवसायको संरक्षण गर्न राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए । उद्घाटन सत्रपछिको बन्दसत्रमा प्रदेशको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार