काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मनोनयन प्रक्रिया सकिनै लाग्दा कांग्रेसभित्रका परम्परागत समूहमा विभाजन देखापरेको छ ।
१३औं महाधिवेशनमा देखापरेको दुई समूह विभाजित भई झन्डै आधा दर्जन समूह निर्माण भइसकेका छन् भने दुवै समूह एक अर्कामा समाहित हुने क्रम पनि जारी छ ।
कांग्रेस संस्थापन पक्षको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा समूहबाट अलग भएर उपसभापति विमलेन्द्र निधिले सभापतिको उम्मेदवारी दिने भएका छन् भने संस्थापनइतरका रामचन्द्र पौडेल समूह विभाजित भएर आधा दर्जन पुगेको छ ।
महाधिवेशनको रौनकमा अप्ठयारोमा परेको पौडेल समूहबाट अलग भएर प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला र कल्याण गुरुङका समूह देखापरेका छन् । पौडेल समूहमा देखापरेको विभाजनका कारण स्वयं पौडेल र शशांकले सभापतिको मैदान छाडेको घोषणा गरिसकेका छन् ।
पौडेल र शशांकले मैदान छाडे पनि प्रकाशमान र शेखर भने सभापतिको दौडमा छन् । विगतमा पौडेल समूहमा रहेका गुरुङले सभापतिको उम्मेदवारी दर्ता गराइसकेका छन् भने प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवारी बनाउँदै प्रारम्भिक टिम घोषणा गरेका छन् ।
उता, शेखरले मिनेन्द्र रिजाल र गगन थापालाई महामन्त्री उम्मेदवारको रुपमा भित्र्याएर नयाँ तरंग पैदा गरेका छन् । विगतमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थापा १४औं महाधिवेशनमा शेखरको टिममा जोडिएका छन् ।
थापाले छाडेका सिटौला भने सभापति देउवाको टिमतर्फ जोडिन पुगेका छन् । प्रदिप पौडेललाई महामन्त्री तथा शिव हुमगार्इं र उमाकान्त चौधरीलाई सहमहामन्त्रीको उम्मेदवार बनाउनुपर्ने अडान राख्दै सिटौला देउवानिकट पुगेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend