Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस महाधिवेशन : पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो बन्द सत्र


    शुक्रबार, मंसिर २४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  ।  नेपाली कांग्रेसको जारी बन्दसत्र समापन भएको छ । 

    शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भएको कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत राति पौने ९ बजेबाट बन्दसत्र सुरु भएको थियो । 

    बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा तयार गरिएको प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन  पास भएका थिए । प्रतिवेदन पास भएसँगै सभापति शेरबहादुर देउवाले बन्दसत्र समापन गरेका छन् । 

    बन्दसत्र अवधिभर संस्थापन इतरका नेताहरुको कुर्सी भने खाली नै रहे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि भन्दै वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा बसेपछि बन्दसत्रमा उनी पक्षका नेताहरुको उपस्थिति नभएको हो । नेता कृष्णप्रसाद सिटौला पक्ष पनि छलफलमा रहे पछि उनी बन्दसत्रमा उपस्थित भएनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार