Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादीको प्रदेश अधिवेशन शनिबारदेखि सुरु, प्रचण्डले जुमबाट उद्घाटन गर्ने


    शुक्रबार, मंसिर २४ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम। नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश २ अधिवेशन शनिबारदेखि जनकपुरधाममा सुरु हुने भएको छ । 

    नेकपा माओवादी केन्द्र प्रदेश कमिटीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको लागि आवश्यक तयारी पुरा भइसकेकाले शनिबार दिउँसो १२ बजे अधिवेशन उद्घाटनको कार्यक्रम रहेको जनाएको छ ।

    पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रदेश २ अध्यक्ष प्रकाश बुढाथोकीले शनिबार प्रदेश अधिवेशनको उद्घाटन र पुस ३ गतेदेखि बन्द सत्र सुरु हुने बताए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिबार मुजमार्फत प्रदेशको उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । 

    प्रदेश २ का १३६ वटा स्थानीय तह पालिका मध्ये ३० वटा पालिकामा अझै पालिका अधिवेशन सम्पन्न हुन नसकेको बन्द सत्रको समय लम्बिइएको उनले बताए । प्राय: पालिकामा सर्व सहमति रूपमै नै अधिवेशन सम्पन्न भएको बताउँदै उनले भने, ‘बाँकी रहेको पालिकाहरूमा पनि हामीले सर्वसहमतिमै जोड दिइरहेका छौ, सर्वसहम्मत नभएको पालिकामा चुनावी प्रक्रियामार्फत पनि नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न गरी प्रदेश अधिवेशनमा सहभागी हुन निर्देशन गरिसकेको छु ।’

    अधिवेशनबाट प्रदेशका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत ९ जना पदाधिकारी चयन हुने उनले बताए । प्रदेश कार्यसमिति अन्य प्रदेश भन्दा प्रदेशको लामो हुने उनले बताए । प्रदेश २ को कार्यसमिति २७१ जनाको रहने उनले बताए । प्रदेश २ मा माओवादी केन्द्रको १ लाख ३० हजार सक्रिय रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार