काठमाडौ । नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेसनको सम्मुखमा पार्टीमा बिभाजित मानसिकता देखा परेको बताएका छन् ।
भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको १४ औं महाधिवेसन उदघाटन सत्रलाई सम्वोधन गर्दै सिटौलाले १३ औं महाधिवेसन पछि कांग्रेसमा अनेक उतार चढाव आएको पनि जनाएका छन ।
‘गएको महाधिवेशनबाट अहिलेसम्म आइपुग्दा थुप्रै उतारचढाव देखा प¥यो, अब आगामी दिनमा कसरी एकताबद्व बन्नेतर्फ ध्यान जानुपर्छ’ सिटौलाले भने, ‘यसपालि प्रतिस्पर्धा कडा भएको छ, पार्टीमा विभाजित मानसिकता बढेको छ, अब त्यसलाई पुरेर महाधिवेशन पछि एकताबद्ध हुनुपर्छ ।’
सिटौलाले केही समय पछि हुन गईरहेको स्थानिय प्रदेश र संघीय चुनावलाई लक्षित गर्दै अगाडी भने, ‘बैशाख जेठमा केन्द्रको निर्वाचन हुन्छ, यो अवधिमा काँग्रेसभित्र भावनात्मक एकता हुनुपर्छ र यो आजको आवश्यकता पनि हो ।’
उनका अनुसार महाधिवेसनमा प्रतिस्पर्धा पछि एकता अपरिहार्य छ । ‘लोकतन्त्र, लोकतान्त्रिक प्रणाली हामीले बनाएको संविधानका मूल्य मान्यता जोखिममा छन् भने राज्यका अङ्ग राम्ररी चलिरहेको छैन,’ सिटौलाले भने, ‘यो सरकारसँग कुनै अपेक्षा छैन, मात्र यो सरकार निर्वाचनसम्म पुगोस किनभने निर्वाचन स्वतन्त्र निष्पक्ष र धाधलीरहित हुन जरुरी छ, यो काँग्रेसले प्रमाणित गरिसकेको छ ।’ सिटौलाले पटक पटक काँग्रेसको आन्तरिक लोकतान्त्रिक पद्वतिमा सुधार गर्नुपर्नेमा जोड गरेका छन ।
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend