Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शेरबहादुर देउवाले भनेः ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस् साथीहरु


    शुक्रबार, मंसिर २४ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको शासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् । 

    १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए । 

    उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए । 

    उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे । 

    ‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार