Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस भोटिङ प्रणाली पुरानै, घन्टौं लगाएर मतदान गर्नुपर्ने


    शुक्रबार, मंसिर २४ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अश्विन दानी 

    काठमाडौं । नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ । मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ ।

    नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो । 

    मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने पुरानै १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको हो ।

    शनिबारदेखि हुने मतदानमा ४६ सय प्रतिनिधिले मतदान गर्ने छन् । एक जनालाई लामो कागजी पतदान गर्न २० मिनेटदेखि ४५ मिनेटसम्म लाग्ने बताइएको छ । जसले गर्दा मतदान प्रक्रिया निकै लम्बिन सक्ने अनुमान गरिएको छ ।

    मतदान प्रक्रियामा पुरानै प्रवृत्ति अपनाएको कांग्रेसले महाधिवेशनको उद्घाटन सत्रमा भने प्रवृधिमैत्री बन्ने भन्दै एप्स नै सार्वजनिक गरेको छ । न्युज कारखाना 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार