Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदाधिकारीलाई बोल्न दिदाँ उदघाटन सत्र लम्बियो, प्रतिनिधि र कार्यकर्ता हिंड्न थाले


    शुक्रबार, मंसिर २४ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसनको उदघाटन सत्रमा पार्टी पदाधिकारीलाई बोल्न दिदाँ साँझ ढल्दा पनि सम्पन्न हुन सकेको छैन ।

    भृकुटीमण्डपमा आयोजित उदघाटन सत्रमा बिभिन्न राजनीतिक दल तथा बिदेशी पाहुनाहरुले मन्तब्य राखे लगत्तै पार्टी पदाधिकारीलाई बोल्न दिदाँ लम्बिन पुगेको छ । 

    सहमहामन्त्री सुनिल थापा, प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, कृष्ण सिटौला, उपसभापति बिजयकुमार गच्छदारलगायतले अतिथि पछि मन्तब्य राखेका थिए । 

    झमम्क साँझ परिसक्दा पनि कांग्रेस महाधिवेसनको उदघाटन सत्रमा प्रधानमन्त्री एवम पार्टी सभापति शेरबहादुर देउवाले मन्तब्य राख्न नै पाएका छैनन । उदघाटन सत्रमा सहभागी प्रतिनिधि र कार्यकर्ताहरु क्रमशः बाहिरिन थालेका छन् तर कार्यक्रम अझै जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार