काठमाडौं। नेपाली कांग्रेसका युवा नेता रवि सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन दशकदेखि कांग्रेस राजनीतिमा क्रियाशील सिंहले १४औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
२०४६ सालको पहिलो जनआन्दोलन, प्रतिगमनविरोधि २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका सिंहले नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिने बताए ।
सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए । सिंहले जेष्ठलाई सम्मान र युवाहरूलाई प्रोत्साहन गर्दै आफू चुनावी मैदानमा होमिएको बताए । हाल नेपाली कांग्रेसको जनजाति विभागको केन्द्रीय सदस्य रहेका सिंह देशभरका करिब १३ हजार निर्माण व्यवसायीको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत हुन् ।
संगठनमा बलियो पकड भएका सिंह युवाका बीच लोकप्रिय मानिन्छन् । नेपाली निर्माण उद्योगका संशक्त व्यक्तित्वको छवि बनाएका सिंह सामाजिक संघ संस्थाहरूमा पनि क्रियाशील छन् । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend