Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिपीको अगुवाइमा प्रजातन्त्रीकरण अभियान थालेको हामीले भुल्यौँ : सिपी मैनाली


    शुक्रबार, मंसिर २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् । 

    काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए । 

    आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे  जानकार नरहेका टिप्पणी गरे । 

    देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । न्यायालयलाई भागबन्डा  दिएर सरकार चलाइरहेकाे उनकाे आराेप थियाे । न्युज कारखाना 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार