Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री पत्नी आरजु राणाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


    शुक्रबार, मंसिर २४ २०७८
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी डा. आरजु राणाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन् । आरजु राणाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएपछि उनलाई जिताऔं भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले नै उनको पोष्टर सामाजिक संजालमा ब्यापक सेयर गर्न थालेका छन् । 

    आरजु राणाको तस्वीर अंकित प्रचार सामग्री सामाजिक संजालमा सेयर गर्न होडबाजी नै सुरु भएको छ । संविधानसभा सदस्य राणा गएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट एमालेका नारदमुनि रानासँग पराजीत भएकी थिइन् ।

    आरजुका पति प्रधानमन्त्री देउवा पुनः कांग्रेसको सभापतिमा उम्मेदवारी दिंदैैछन् । उनका बिरुद्ध संस्थापन इतर पक्षले एक्लो सभापतिको उम्मेदवार तय गर्न नसकेका कारण उनी जित्ने अनुमन गर्न थालिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार