Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • पोखरामा गुडिरहेको ट्रक नालीमा पल्टियो, दुई जनाको मृत्यु


    शुक्रबार, मंसिर २४ २०७८
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृत्यु भएको हो। 

    मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम–ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको रहेका छन्।

    दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार