सर्लाही। सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नम्बर ३ मा पनि संस्थापन पक्ष विजयी भएको छ ।
शुक्रवार सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर ३ मा संस्थापन पक्षको प्यानल नै विजयी भएको हो । मत परिणामअनुसार क्षेत्रीय सभापतिमा संस्थापन पक्षका पुण्यहरि प्रसाद घिमिरे ३९६ मतसहित विजयी भएका हुन् । उनकाे प्रतिद्वन्द्वी संस्थापनइतरका भिखारी रायले ३७४ मत मात्र पाए । घिमिरे तत्कालीन क्षेत्रीय सभापति समेत हुन् ।
यस्तै क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा २५ जनामा २४ जनाको प्यानल संस्थापनले जितेको छ भने एक जना संस्थापनइतर पक्षका विजयी भएका छन् । इतरका नेतृत्व गरिरहेका विनोद खनाल महाधिवेशन प्रतिनिधिमा विजयी हुँदा संस्थापनबाट महाधिवेशन प्रतिनिधिमा उमेद्वारी दिएका बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोधी राय पराजित भए । रायले ३४९ मत मात्र प्राप्त गरे ।
प्यानल नै पराजित भएको संस्थापनइतरका खनालले महाधिवेशन प्रतिनिधिमा ४०३ मत प्राप्त गरेका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ मा संस्थापनका हरेशप्रसाद महतो र इतरका खनाल प्यानल नै घोषणा गरेर चुनावी मैदानमा उत्रीएका थिए ।
योसँगै सर्लाहीमा संस्थापन पक्षले दुई क्षेत्र र इतरले दुई क्षेत्रमा बाजी मारेका छन् । जिल्लाको चार क्षेत्रमध्ये एक र दुई नम्बर क्षेत्रमा इतर पक्ष र तीन र चार नम्बर क्षेत्रको मत परिणाम संस्थापनको पक्षमा आएको हो । संस्थापन र इतर पक्षको लामो टक्राव पछि क्षेत्रीय अधिवेशन सम्पन्न भएकोे निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ज्ञवाली सर्लाहीमा चौथो निर्वाचन अधिकृतको रूपमा खटिएर आएका थिए ।
सर्लाहीमा अझै चार वडामा अधिवेशन गर्न बाँकी छ । क्षेत्र नम्बर ३ मा एक वडा र ४ मा तीन वडाको विवादका कारण वडा अधिवेशनसमेत सम्पन्न हुन सकेको छैन ।योसँगै जिल्लामा बाँकी प्रदेश र जिल्ला स्तरीय अधिवेशन केन्द्रीय अधिवेशन पछिमात्र हुने यस पहिला नै तय भइसकेको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend