Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहामा वेवारिसे अवस्थामा नवजात शिशु फेला


    शुक्रबार, मंसिर २४ २०७८
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा । पूर्वपश्चिम राजमार्गकाे सिराहा खण्डकाे छेउमा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेका छन् ।

    धनगढीमाई नगरपालिका-१० जिरोमाईल चोकदेखि करिब ३ सय मिटर दक्षिण सडक छेउमा बिहीबार राति नवजात शिशु रोइरहेको अवस्थामा फेला परेका हुन् । ‘बच्चा रोइरहेको अवस्थामा बटुवाले देखेपछि’ प्रहरीलाई खबर गरी तत्काल नैनपुर अस्पताल पुर्‍याइएको स्थानीय अरुण यादवले जानकारी दिए ।

    शिशुको यसै हप्ता जन्म भएको हुन सक्ने आँकलन गरिएकाे छ । उनको नालमा लागेको क्लिपको आधारमा बच्चा अस्पतालमा जन्मेको हुनसक्ने आँकलन पनि गरिएको हो । शिशु कपडामा गुटमुट्याएर राखेको अवस्थामा फेला परेका थिए ।

    शिशु जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार