Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूईएफए च्याम्पियन्स लिग: एटलान्टालाई हराउँदै भिल्लारियल नक आउटमा प्रवेश


    शुक्रबार, मंसिर २४ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। स्पेनिस क्लब भिल्लारियल यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । 

    बिहीबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई उसकै मैदानमा ३-२ अन्तरले पराजित गर्दै भिल्लारियल समूह ‘एफ’ को उपविजेताको रुपमा नक आउटमा स्थान बनाएको हो ।

    यसै समूहबाट म्यानचेष्टर युनाईटेड विजेताको रुपमा अघिल्लो चरणमा स्थान बनायो । 

    भिल्लारियलको  जितमा अर्नाउट डानजुमादे दुई तथा इटिन कापोइले एक गोल गरे । पराजित एटलान्टाका रुस्लान मालिनोभ्स्की र डुभान जापटाले गोल गरे ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार