Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित


    बिहिबार, मंसिर २३ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रसुवा । नेपाली कांग्रेसको बागमती प्रदेश सदस्यमा रसुवाका तीन जना निर्वाचित भएका छन् ।

    कांग्रेसको १४औं महावेशनअन्तर्गत भएको बागमती प्रदेशको अधिवेशनबाट रसुवाका तीन जना सदस्यमा निर्वाचित भएका हुन् । 

    खुल्ला सदस्यमा भएको निर्वाचनमा नेपाली कांग्रेस रसुवाका नेता तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा ६ जनाका लागि १८ जनाको उम्मेदवारी परेको थियो । जसमा लम्साल ७५२ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा उनी तेस्रो स्थान रहेको बताइएको छ । 

    त्यसैगरि बागमती प्रदेश सदस्यमा भूगोलतर्फ महिलाबाट शेषकुमारी अधिकारी र नेपाली कांग्रेस रसुवाका पूर्व सभापतिसमेत रहेका नेता लामाकार्पू तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार