Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेताहरुले सभापतिमा अडान नछाडेपछि रामचन्द्र पौडेलले भने- पार्टीबाटै अलग हुन्छु


    बुधबार, मंसिर २२ २०७८
    805
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैले सभापतिमा दबी नछाड्ने हो भने आफू राजनीतिबाट अलग हुने बताएका छन् । 

    बुधबार नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा साझा उम्मेदवार चयनका लागि बसेको संस्थापन इतकरको बैठकमा सभापतिका आकांक्षी सबैले अडान कायम राखेपछि वरिष्ठ नेता पौडेलले आफू राजनीतिबाट अलगिएर आराम गर्ने बताए । 

    पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेको भएपनि नेताहरु शेखर कोइराला तथा प्रकाशमान सिंहले दाबी नछाडेपछि पौडेलले यस्तो बताएको बैठकपछि नेता रामशरण महतले जानकारी दिए । 

    नेता पौडेलले अरु सबै एक भए आफू त्याग गर्न तयार रहेको बताउँदै नभए आफूलाई सभापति छाड्नु पर्ने बताएका थिए।

    ‘रामचन्द्रजीले पनि मलाई सहयोग गर्नुस् भन्नुभयो। प्रकाशमानजीले पनि म पनि लड्छु भन्नुभएको छ। शेखरजी पनि लड्ने भन्नुभएको छ’ बैठकपछि महतले भने । 

    पौडेलले सबै लड्ने भए आफू राजनीतिबाट बिदा बताएको महतले उल्लेख गरे । ‘सबै लड्ने भए म राजनीतिबाट बिदा हुन्छु, आराम गर्छु। पार्टीबाटै अलग हुन्छु’, बैठकमा पौडेलको भनाइ उदृत गर्दै महतले भने । 

    संस्थापन इतरबाट आज सभापतिको साझा उम्मेदवार चयन गर्ने भनिएको भए पनि नेताहरुबीच सहमति जुट्न नसक्दा पुन: भोलि विहान आकांक्षी बाहेकको बैठक बस्ने निर्णय भएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार