काठमाडौं, १८ फागुन ।
छोराछोरी पाठशाला, रातो बंगला र सेन्ट मेरिजमा पढ्छन् भनेर बाबुआमाले आफ्नो प्रतिष्ठा बढाउँछन्, तर अबोध बालबालिका सिट च्यातिएका, काँटी निस्किएका र सिसा फुटेका भाडाका बसमा धुलो खाँदै घन्टौँ सकसपूर्ण यात्रा गर्छन्, थोत्रा र फोहोर बसको यात्राले शारीरिक असुविधा मात्र होइन, बालबालिकाको स्वास्थ्यमा जोखिम पनि बढाएको छ । अझ त्यसमा पनि साना बालबालिकालाई कोचाकोच गरी स्कुलबसले थप सास्ती दिने गरेका छन् । सीटभन्दा दोब्बर बढी बालबालिका राखिने गरेको छ । २ किलोमिटरको दूरीमा मासिक २ हजार ५ सय बसभाडा असुल्ने तर सीटमा पनि नराखी स्कुलहरुले ब्रम्हलुट गरिरहेका छन् ।
राजधानीमा उत्कृष्ट दाबी गर्दै चर्को शुल्क असुल्ने निजी विद्यालयले विद्यार्थी ओसार्न भने भाडाका थोत्रा गाडी प्रयोग गर्ने गरेका छन् । तर, भाडाका पुराना गाडीमा दैनिक चार घन्टासम्म धुलो र जाममा घुमाउने तिनै केही विद्यालयले बालबालिकालाई बढी सुविधा दिएको भन्दै ‘क’ श्रेणीभन्दा माथिल्लोस्तरको शुल्क असुलेका छन् । आजको नयाँपत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।