Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजा वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर नारायणहिटीमा


    मंगलबार, फाल्गुन २७ २०७६
    725
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, २७ फागुन । स्वर्गीय राजा वीरेन्द्र र उहाको परिवारले चढ्ने हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ । वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै  आएको सो विमान लामो समयसम्म नचलेपछि भएपछि संग्रहालयमा राख्न लागिएको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष नजिक ह्याङ्गरमा राखिएको  हवाईजहाज र हेलिकप्टर  मध्य हेलिकप्टरलाई संग्रहालयमा ल्याइसकिएको छ । ती मध्य हेलिकप्टरलाई तत्काल प्रदर्शनीमा राखिनेछ ।
        राजाको शासनताका रोयल विभागको मातहतमा विमान सञ्चालन हुने गरेको थियो ।  तय मन्त्रालयले दुई जहाजको विषयमा प्रतिवेदन तयारी गरिरहेको छ । संग्रहालयमा राखेपछि मात्रै दुई विमानको विषयमा इतिहास लेख्ने तयारी संग्रहालयले गरेको छ । 

    हाल विमानको विषयमा सरकार र नेपाली सेनालाई जानकारी छैन । संग्रहालयको मातहतमा ल्याएपछि दुई वटै विमानलाई एभिएसन म्युजियम बनाएर प्रर्दशनी गर्ने तयारी गरेको छ ।  नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दुवै जहाज संग्रहालयमा राखिने जानकारी दिए ।

    विमानको सबै पार्टपुर्जा भए पनि चलाउन सक्ने अवस्थामा नरहेको स्रोतले जनाएको छ । थोत्रो भैसकेको ती विमान राजाको शासनकालमा  रोयल फ्लाइटको लागि प्रयोग गरिन्थ्यो । हाल थन्किएको पुमा हेलिकप्टर वीमान चालकसमेत रहनुभएका  राजा वीरेन्द्र आफैले  चलाउने गरेका थिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार