Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिए


    मंगलबार, कार्तिक २३ २०७८
    545
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अछाम । अछाममा भारतबाट आएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रामारोशन गाउँपालिका- ६ भाटाकाटियाका गगने साउँदको शव भेटिएको हो ।

    अन्दाजी ३० वर्षीय साउँद २१ कात्तिकमा भारतबाट मुजाबगर पुगेका थिए । तर, उनी आज स्थानीय टुडिसैन सालघाडी भिरमा मृत अवस्थामा फेला परेको वडा अध्यक्ष उदयबहादुर साउँदले जानकारी दिए । भारतबाट आएका उनी घर नपुग्दै मृत अवस्थामा भेटिएका हुन् ।

    घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अछामको टोली खटिएको प्रहरी निरीक्षक गङ्गादत्त बडूले बताए । प्रहरीको टोलीले थप अनुसन्धान गर्ने जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार