बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारी चन्दनकुमार साहलाई २० लाख रुपैयाँसहित पक्राउ गरेको छ । २०७८ कात्तिक २२ गते पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट साहलाई रकम सहित पक्राउ गरेको छ ।
घन्टाघरबाट आदर्शनगर जाँदै गरेको ना.४८ प. ७६९१ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गदा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ।५ नकटुवा बस्ने वर्ष ३१ को चन्दनकुमार साहले बोकेको ब्यागमा श्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको पर्सा प्रहरीले जनाएको छ ।
साहलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।