Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमतीलाई जंगलमा लगेर हत्या गर्ने रामकेवल लोनिया पक्राउ


    सोमबार, कार्तिक २२ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । कपिलवस्तुमा श्रीमतीको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा महाराजगञ्ज नगरपालिका वडा नं. ११ बाबा बनगाईका ४५ वर्षीय रामकेवल लोनिया रहेका छन् ।

    उनले आफ्नै ३५ वर्षीया श्रीमतीलाई गत भदौ १५ गते काठ लिन जाने बहाना बनाई बुद्धभूमि नगरपालिका वडा नं.९ चम्पापुरस्थित कपिलबस्तु साझेदारी सामुदायिक जंगलमा लगेर हत्या गरी शवलाई फालेर भारततर्फ फरार भएका थिए।

    लोनियालाई खोज तलास गर्ने क्रममा कार्तिक १९ गते बिहान बुद्धभूमि नगरपालिका-९ डुमराबाट ईलाका प्रहरी कार्यालय गोरुसिङे कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    भदौ १५ गतेदेखि हराएकी चिन्काको शबको कंकाल असोज १७ गते जंगलमा फेला पारेको कपिलवस्तु प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताए ।

    लोनियामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पर पुरुषसँग अवैध सम्बन्ध राखेको शंका गरी श्रीमतीलाई सम्झाउँदा सोही विषयलाई लिएर श्रीमान श्रीमतीबिच दैनिक झगडा हुने गरेको र सम्बन्ध विच्छेद माग्दा नदिएकोले हत्या गरेको रामकेवलले बयान दिएका

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार