Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जोरपाटीको भीआइपी जुवा अखाडामा प्रहरी छापा, नेपाली कांग्रेसका जिल्ला सभापति पक्राउ


    शुक्रबार, कार्तिक १९ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले बिहीबार राति जोरपाटीको एक जुवा अखाडामा छापामारी १८ जना जुवाडेलाई पक्राउ गरेको छ । उक्त जुवा अखाडाबाट नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामासहितका जुवाडे पक्राउ परेका छन् । प्रहरीले उक्त जुवा अखाडाबाट ६ लाख ३२ हजार रुपैयाँ बरामद गरेको छ ।

    नेपाली कांग्रेस दोलखाका सभापति लामालाई छुटाउन उच्चतहबाट चर्को दबाब परेको छ । तर तिहारको ३ दिन सार्वजनिक बिदा भएको र भाइटीकाको भोलिपल्ट समेत यसपटक सरकारले बिदा दिएकाले उनी ४ दिन हिरासतमा बस्नुपर्ने भएको छ । तर पक्राउ पर्नेमा दोलखा कांग्रेसका अरु नेताहरु पनि भएकाले छुटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई भनेर छुटाउने पहल भइरहेको स्रोत बताउँछ ।  जुवा अखाडाका संचालक सागर लामा समेत पक्राउ परेका छन् ।

    सागर लामाले संचालन गरेको उक्त जुवाअखाडामा ३ वटा समूह खेलिरहेको अवस्थामा कौडा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार