Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकै रात ३१ जुवाडे पक्राउ, ६ लाख रुपैयाँ बरामद


    शुक्रबार, कार्तिक १९ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ३१ जुवाडे समातिएका छन् । इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले मध्यरातमा जुवा खेल्दै गरेको अवस्थामा २ स्थानबाट उनीहरु  पक्राउ  परेका हुन् । जुवा खालबाट  ६ लाख १९ हजार १ सय २७ रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जााकारी दिए ।

    बाणगंगा नगरपालिका २ तिनैया स्थित लेकवेसी होटेलबाट बिहीबार राती १२ जना पक्राउ परेका  हुन् । यसै गरी वडा नं १ वैरियास्थित किशोर जङ्ग पुनको घरबाट १९ जुवाडे पक्राउ परेका थिए । उनीहरू रातका २ बजे समातिएका हुने् । पक्राउ परेका ३१ जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लगिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५ अन्तर्गत मुद्दा चलाउने चलाउने तयारी भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पक्राउ परेकाहरू हाइ प्रोफाइल व्यापारी भएको कारणले नाम सार्वजनिक गराएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार