Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि नेपाल संवत् ११४२ सुरु, नेवार समुदायले नयाँ वर्षको रूपमा मनाउँदै


    शुक्रबार, कार्तिक १९ २०७८
    730
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं।आज नेपाल संवत् ११४२ । नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।

    एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसकाे सम्मानमा नेपाल संवत् मनाउन लागिएकाे हाे । सरकारले शंखधरलाई राष्ट्रिय विभूति घाेषणा गरेकाे छ ।

    नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

    नेवार समुदायमा चाड पर्व, रीतिथितिलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा नेपाल संवतकाे चन्द्रमासिक गणनाको प्रचलन छ । साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठीलगायतका क्षेत्रमा पनि नेपाल संवतको प्रयोग गर्दै आएका छन् । 

    शंखधर साख्वाले गरेका कामको उच्च कदर गर्दै २०५५ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभुति घोषणा गरेका थिए ।

    नेपाल संवत् ११४० अर्थात् १ साउन २०७७ देखि लागू हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अन्य सबै कामकाजमा विक्रम संवत्सँगै नेपाल संवतकाे अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार