Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार महासंघको जग्गा खरिदका लागी देउसी भैलो खेलिँदै


    बुधबार, कार्तिक १७ २०७८
    435
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सिमकोट। नेपाल पत्रकार महासंघ हुम्ला जिल्ला शाखाको जग्गा खरिदका लागि महासंघमा आबद्ध सम्पूर्ण पत्रकार मिलेर देउसी भैलो खेल्ने भएका छन् ।

    लामो समयदेखि पत्रकार महासंघका लागि जग्गा खरिद गर्ने भनिए पनि आर्थिक अभावका कारण हालसम्म हुम्ला जिल्लामा पत्रकार महासंघको जग्गा र भवन नभएकाले देउसी भैलो खेलेर महासंघको जग्गा खरिद गरिने सचिव नन्द सिंहले बताए  ।

    कात्तिक १७ गते दिउँसो २ बजे नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतामा बसेको बैठकले उक्त देउसी भैलो खेल्ने विषयमा छलफल गरेको हो ।

    बैठकले कात्तिक १८ र १९ गते दुई दिन सम्पूर्ण पत्रकार मिलेर देउसी भैलो खेल्ने निर्णय गरेको छ । दुई दिनसम्म खेलेको देउसी भैलोबाट उठेको रकम जग्गा खरिदका लागि कोषमा राखिने सचिव सिंहले बताए ।

    उनका अनुसार जग्गा खरिदका लागि यस अघि नै जिल्लाका सात वटा गाउँपालिकालाई आर्थिक सहयोगको अनुरोध गरिसकेको छ भने स्थानीय तहका जनप्रतिनिधिले समेत जग्गा खरिदका लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरिसकेको महासंघका अध्यक्ष रावतले बताए । कात्तिक १८ गते विधान १० बजेबाट देउसी भैलो खेलिने सिंहको भनाइ छ। न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार