Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध


    बुधबार, कार्तिक १७ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • हुम्ला। दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् ।

    सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका–५ का स्थानीय जसिलाल तामाङले गुनासो गरे । याङ्चुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरो गएको तामाङले बताए । तर दुई साता बितिसक्दा समेत सरोकारवाला निकायले चिन्ता र चासो नदेखाउँदा स्थानीयलाई आवतजावत गर्न कठिन भएको खार्पुनाथ गाउँपालिका–५ का प्रकाशबहादुर शाहीले बताए । 

    यो सडक निर्माण तथा मर्मतको जिम्मेवारी पूर्वाधार विकास कार्यालयको हो । पहिरोले क्षतविक्षत भएको सडक पन्छाउँन ढिला हुँदा सिमकोट–खार्पु १३ किलोमिटरको दुरी पार गर्न घण्टौं लाग्ने गरेको छ । सडक सञ्चालन गर्ने बारेमा स्थानीय प्रशासन र सरोकारवाला पनि मौन छन् । सिमकोटदेखि हिल्सासम्मको पहिरो पन्छाउने जिम्मा हिल्सा सिमकोट सडक योजनाले पाएको छ । ९० किलोमिटर सडकको पहिरो पन्छाउँने काम हिल्सा सिमकोट सडक योजनाले सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विष्णुदास लामाले जानकारी दिए । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार