Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा


    बुधबार, कार्तिक १७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सप्तरी । सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ । 

    कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ?  बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता साहले बताइन् । ‘राजविराज नगरपालिकामा मात्र तीन दर्जन सार्वजनिक स्थानमा लक्ष्मीपुजा गर्ने गरिएको छ’, उनले भनिन् । 

    २५ वर्षदेखि राजविराजमा सार्वजनिक स्थानमा संयुक्त रूपमा लक्ष्मी पूजा गर्दै आएको राजविराज नगरपालिका–६ लिलजा टोलका ५० वर्षीय नरेशकुमार चौधरीले बताए । 
    ‘टेन्टको चलन भएदेखि २५ वर्षदेखि यस नगरपालिकामा सार्वजनिक ठाउँमा स्थानीय मिलेर पुजा गर्ने चलन भएको हो’। उनले भने । 

    सप्तरीसहित तराई मधेशमा नवरात्र, लक्ष्मीपूजा, सरस्वती पूजा सामूहिक रूपमा मनाउने गरिएको छ । सार्वजनिक स्थानमा आकर्षक मूर्तिहरू बनाएर सामूहिक रूपमा पूजा गरिने चलन छ । 

    सामूहिक रूपमा पूजा गरेर सकारात्मक सन्देश दिँदै आए पनि पूजामा तड्कभड्क देखाएर विकृति निम्त्याउन भने नहुने चौधरी बताउँछन् । 

    ‘पूजामा सजावट महँगोकै लागि आयोजक टिमले मनपरी चन्दा माग्ने प्रवृत्ति बढेको छ । पूजा राम्रो गरे भइहाल्यो नि सजावटमा अनावश्यक खर्च गरेर चन्दा असुली गर्नु गलत हो’, उनले भने । 

    सजाबट मात्र कम्तीमा पाँच लाखसम्म खर्च हुने गरेको अस्पताल नजिकै भइरहेको पूजा आयोजक समितिले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार