Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने


    मंगलबार, कार्तिक १६ २०७८
    395
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ । 

    छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम  व्यवस्थापक उत्तम न्यौपानेले न्युज कारखानालाई जनकारी गराए । 

    प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो । 

    पहिलो खेलमा बलियो इरानविरुद्ध ४-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल लेबनानसँग ४-० गोल अन्तरले नै पराजित भयो । 

    अन्तिम खेलमा आयोजक ताजस्कितानलाई पराजित गर्दै इरान समूह ‘बी’ को विजेताको रूपमा फाइनल चरणमा स्थान बनायो । 

    समूह ‘बी’ मा नाै अंकसहित अपराजित इरान शीर्ष स्थानमा रह्यो । एक खेलमा पराजित ताजकिस्तान ६ अंकसहित दोस्रो स्थानमा रहँदा तीन खेलमा एक खेल जितेको लेबनान तेस्रो स्थानमा रह्याे । यता, नेपालले तीन खेलमा जितविहीन र गोलविहीन रहँदा १४ गोल व्यहोर्दै तालिकाको पुछारमा रह्यो । 

    यस प्रतियोगितामा नेपाल लगातार तेस्रो संस्करण गोलविहीन भएको हो । यसअघिका दुई संस्करणमा समेत नेपाल गोलविहीन रहँदै आएको थियो । 

    नेपाली ३२ टोली 

    गोलरक्षक– अर्पण कार्की(कप्तान), विशाल सुनार, अभिषेक बराल

    डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

    मिडफिल्डर – नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

    स्ट्राइकर – रितिककुमार खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चान

    न्युज कारखाना

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार