Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हरिहर दाहाल भन्छन्: बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो


    मंगलबार, कार्तिक १६ २०७८
    330
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाएका छन् । 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन पनि आन्दोलनमै छ । कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बद्नाम गराइएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।  

    तेस्रो दिनको आन्दोलनका क्रममा मंगलबार बार कार्यालय परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दाहालले भने, ‘प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन सकेको छैन । हामीभन्दा बढी न्यायाधीशहरू सकसमा छन् । न्यायमा निष्पक्षता भएन । बेन्च सेटिङ भयो । संवैधानिक इजलासलाई बन्दी बनाइयो ।’  

    न्यायाधीशको नियुक्तिबाटै प्रश्न उब्जिएको बताएका उनले जबराको पालामा भने धेरै प्रश्न उठेको बताए । न्यायपालिका सुद्धीकरण अभियान थालेको बताएका उनले बार एसोसिएसनले बार बेन्च समन्वय समितिको छलफलमा प्रधानन्यायाधीश जबराले विकृति विसंगति अध्ययन गर्न हरिकृष्ण कार्की नेतृत्वमा कमिटी बनाए पनि त्यसले बुझाएको प्रतिवेदन कार्यान्वयनमा संवेदनशीलता नदेखाएको बताए । 

    प्रधानन्यायाधीश जबराले उक्त प्रतिवेदन कार्यान्वयन नगर्दा  विश्वासको संकट गहिरिएको दाहालको भनाइ छ । अटोमेसनमा जानुअघि गोलाप्रथामा कसरी जाने भनेर मिरा खड्का नेतृत्वमा समिति बनेको र उसले बुझाएको प्रतिवेदन पनि कार्यान्वयन नगरेर न्यायालयको सुद्धीकरणमा जबरा उदासिन बनेको वरिष्ठ अधिवक्ता दाहालको आरोप छ ।

    हरिकृष्ण कार्कीको प्रतिवेदन, बार÷बेन्चमा भएका सहमति कार्यान्वयन नहुँदा अहिलेको समस्या देखापरेको बताएका उनले अब प्रधानन्यायाधीश जबराले राजीनामा दिएर बाहिरिँदा न्यायालयको मर्यादा रहने बताए । 
    सेतो पट्टी लगाएर जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न उनले आग्रह गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार