विराटनगर । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले सरकार विस्तारको तयारीमा जुटेको छ । मुख्यमन्त्रीको सपथलगतै मन्त्रीहरूलाई पनि सपथ गराउने तयारीमा गठबन्धदन दलहरू जुटेका छन् ।
मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एकएक जना गरी पाँच सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए ।
मन्त्रीहरूमा कांग्रेसबाट उपनेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर आङ्बो र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चार्चामा छ ।
एकीकृत समाजवादीले भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकाले समावेशिता देखाउनुपर्ने बाध्यताका कारण खिना लङवा लिम्बूको सम्भवाना बलियो देखिएको छ ।
मेची–कोशी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोशीबाट बनेका कारण मेचिबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लाने सम्भावना छ ।
मंगलबार अपरान्ह ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । गठबन्धन दलहरू भने बिहानैदेखि मन्त्री छान्नका लागि व्यस्त देखिएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend