Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोप-२६ मा मोदीको घोषणा : सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्छाैँ


    मंगलबार, कार्तिक १६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन अर्थात् नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिवद्धता जनाएका छन् । 

    ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा मोदीले भने, ‘यस चुनौतीलाई परास्त गर्न पाँच अमृत तत्व राख्न चाहन्छु, पञ्चामृतको सौगात दिन चाहन्छु ।’

    उनले घाेषणा गरे अनुसार भारतले २०३० सम्म गैरजीवाश्म ऊर्जाको क्षमता ५०० गिगावाटसम्म पुर्‍याउनेछ, भने २०३० सम्ममै ५० प्रतिशत ऊर्जाको आवश्यकता नवीकरणीय ऊर्जाबाट पूर्ति गरिनेछ ।

    यसैगरी, २०३० सम्म कुल कार्बन उत्सर्जनमा एक बिलियन टन कटौती गरिने, अर्थव्यवस्थालाई कार्बन इन्टेन्सिटीमा ५० प्रतिशत कमी गर्ने र २०७० सम्म नेट जिरो लक्ष्य हासिल गरिने मोदीले घोषणा गरे ।

    यद्यपि, जलवायु शिखर सम्मेलनमा देशहरूको अपेक्षा छ, कि नेट जिरो लक्ष्य २०५० भित्र पूरा होस् । नेपालले त सन् २०४५ भित्र नै नेट जिराेकाे लक्ष्य लिएकाे छ । 

    मोदीको यस संकल्पलाई पनि वैज्ञानिकहरूले सकारात्मक एवं ठूलो उपलब्धी भनेका छन् । किनकि कार्बन उत्सर्जनको चौथो ठूलो भारतले यसअघि नेट जिरो लक्ष्यमा कुनै घोषणा गरेको थिए । विश्वमा कार्बन उत्सर्जक देशमा चीन पहिलो, अमेरिका दोस्रोमा छ भने युरोपीय संघ तेस्रो स्थानमा ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार