Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेप-२६ मा प्रधानमन्त्री देउवाले भने- तापक्रम वृद्धि हाम्रो अस्तित्वको मुद्दा हो


    मंगलबार, कार्तिक १६ २०७८
    400
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायुजन्य प्रकोपबाट भइरहेको क्षति प्रमुख चिन्ताको विषय बनेको बताएका छन् ।

    ग्लासगोमा जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन अर्थात कोप-२६ लाई सम्बोधन गर्दै देउवले भने, ‘हामी कोपका पक्ष राष्ट्रलाई आह्वान गर्छाैँ कि जलवायु परिवर्तनसँग जुध्न अतिरिक्त वित्त पोषणको ढाँचालाई समर्थन गर्न र क्षति गर्न सहमत हुन हुनुहाेस् ।’

    देउवाले विश्वको औसत तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा कममा राख्नु हिमाली जनताका लागि अत्यावश्यक रहेको बताए ।  ‘यो हाम्रो अस्तित्वको मुद्दा हो,’ उनले भने । 

    सन् २०१५ मा पेरिसमा भएको जलवायुसम्बन्धी शिखर सम्मेलनले सन् २०३० भित्र यो लक्ष्य पूरा गर्ने घोषणा गरे पनि औद्योगिक राष्ट्र नै उदासिन छन् ।

    सन् २०५० भित्र कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिइएको छ ।  जसलाई नेट जिरो भनिएको छ । नेपालले भने सन् २०४५ भित्र नै नेट जिरोको लक्ष्य लिएको छ भने भारतले यो लक्ष्य २०६० मा मात्र पूरा गर्न सकिने बताएको छ । 

    प्रधानमन्त्री देउवाले उच्च हिमालको विशिष्ट जलवायु जोखिम पहिचान गर्न र जलवायु सम्बन्धी सबै वार्तामा हिमाली क्षेत्रका एजेन्डालाई उच्च प्राथमिकता दिन विश्वका नेतालाई आग्रह गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार