Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुम्लामा चाडपर्व लक्षित बजार अनुगमन,उपभोक्ता ठग्ने व्यापारीको समान जफत


    सोमबार, कार्तिक १५ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जुम्ला। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले चाडपर्व लक्षित बजार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुको गुणस्तरको बारेमा  जुम्लाबजार अनुगमन गरिएको हो । उपभोक्ता हित संरक्षणकार्यालय नेतृत्वको टोलीले बजारका १८ वटा पसल अनुगमन गरेको  थियो । 

    अनुगमनका क्रममा केही पसलमा अखाद्य बस्तु किनबेच भइरहेको थियो । गुणस्तरहीन वस्तु विक्री वितरण गरी उपभोक्ता ठग्ने व्यापारीको समान जफत गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम न्यौपानेले बताए ।  उनले भने, ‘उपभोक्ता हकहित विपरीत गतिविधि गर्ने व्यापारीको  सामान जफत गरिएको हो ।’

    अनुगमन टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभाबी मूल्य लिने, म्याद नाघेका अखाद्य वस्तु बेच्नेलगायत समस्या देखिने गरेकाले अनुगमनको पाटोलाई सक्रिय रूपमा अगाडि बढाइएको हो । उपभोक्ताको प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुको उपभोक्ता हित संरक्षणका लागि जनचेत बनाउने उद्देश्यले पनि यो अनुगमन गरिएको  प्रमुख न्यौपानेले बताए । 

    अघिपछिको समय भन्दा पनि  विशेष गरी चाडबाडका बेला अखाद्य वस्तु विक्री हुने, अधिकतम मूल्यभन्दा बढी मूल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई ध्यानमा राख्दै अनुगमन गरिएको बताइएको छ । 

    उपभोक्ता हित संरक्षणकार्यालयको  नेतृत्वको  अनुगमन टोलीले जुम्लाका १८ वटा पसलबाट  २४ हजार ३ सय ३५ रुपैयाँ बराबरको  म्याथ नागेको अखाद्य बस्तु नष्ट गरेको छ ।  बजार अनुगमनपछि जिल्ला प्रशासन कार्यालय, प्रहरी र पत्रकारहरूको रोवरमा उक्त समान नष्ट गरिएको उपभोक्ता हित संरक्षणकार्यालयले जनाएको छ । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार